सिटीवान टेलिभिजनले ‘तीज मेला’ गर्ने, उपाधि राशी ५० हजार

पाेखरा | भदौ २, २०७९

सिटीवान टेलिभिजनले ‘तीज मेला’ गर्ने, उपाधि राशी ५० हजार

 

पोखरा । पोखराबाट सञ्चालनमा रहेको सिटीवान टेलिभिजनले तीजलाई मध्यनजर गर्दै तीजगीत प्रतियोगिता आयोजना गर्ने भएको छ । 

 

आगामी भदौ १० गते  “तीजको बेला सिटीवानको साँस्कृतिक मेला, खुल्ला तीजगीत प्रतियोगिता–२०७९” आयोजना गर्ने टेलिभिजनका प्रवन्ध निर्देशक अनिशा श्रेष्ठले जानकारी दिइन् ।

 

उनले साँस्कृतिक पक्षहरुको संरक्षण गर्ने उद्धेश्यले मेला आयोजना गर्न लागेको बताइन् । ‘सिटीवानले हिन्दु नेपाली महिलाहरुले मनाउने तीज कस्तो हुनुपर्छ, उनले भनिन् ‘हामीले प्रत्येक वर्ष मेला आयोजना गर्ने लक्ष्यका साथ पहिलो पटक मेला सञ्चालन गर्न लागेका हौं ।’

 

उनका अनुसार करिब ५० समुहको सहभागिता रहने सो प्रतियोगीतामा विपद् व्यवस्थापनमा महिलाको भूमिका, महिला हिसां, पर्यटन प्रर्बदन, सरसफाइ, बैदेशिक रोजगार, उधमशिलता, तथा लागुपदार्थ दुब्र्यसनी जस्ता सामाजिक विषयलाई सहभागिहरुले गीत प्रस्तुत गर्नेछन् ।

 

पोखरा उद्योग वाणिज्य संघको सभाहलमा हुने सो प्रतियोगिताको विजेता समुहले नगद रु ५० हजार, उपविजेता समुहले ३० हजार, सान्त्वना स्थान हाँसिल गर्ने समुहले क्रमश २० हजार र १० हजार प्राप्त गर्नेछन् । 

 

यसैगरि उत्कृष्ट नृत्य, उत्कृष्ट भेषभुषा र उत्कृष्ट शब्द चयन गर्ने समुहलाई जनही ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । सोही कार्यक्रमकै अवसरमा दिर्घायू अस्पतालको सहकार्यमा ‘वृहत हेल्थ क्याम्प’ संचालन गरिने समेत बताइएको छ ।

कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य मध्येको रारा ताल हिउँले ढपक्कै ढाकिएको छ । आइतबार रातिदेखि परेको हिउँले रारा क्षेत्रमा चाँदीले छोपिएजस्तो सेताम्मे भएको छ ।   रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अन...

थप पढ्नुहोस्

हेमजा:   कास्कीको हेमजामा १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ ।   आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म 'सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार ...

थप पढ्नुहोस्

गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।   घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

थप पढ्नुहोस्